कमिशनमा लाग्ने भ्याट वापत लगानीकर्ताले थप रकम तिर्नु पर्दैनः सेयर लगानीकर्ता संघ

Jul 02, 2017 Merolagani



सेयर लगानीकर्ता संघले आन्तरिक राजश्व बिभागले सेयर कारोबार वापत सेयर दलालहरुले लिने गरेको कमिशनमा मूल्य अभिबृद्धि कर (भ्याट) लाग्दा लगानीकर्ताहरुले थप दायित्व ब्यहोर्न नपर्ने जनाएको छ ।

संघले लगानीकर्ताले हाल तिर्दै आएको ०.६० प्रतिशत देखि ०.४० प्रतिशत कमिशनमा नै भ्याट समायोजन भएकाले लगानीकर्ताले थप रकम ब्यहोर्न नपर्ने जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयले २०७३ सालमा राष्ट्रपति समक्ष पेश गरेको बार्षिक प्रतिबेदनमा असुल भएको कमिशनबाट नै भ्याट असुल्न भनेको  संघले जनाएको छ ।

संघले उपलब्ध गराएको महालेखापरीक्षकको प्रतिबेदनको अंश

संघले सेयर दलालहरुले भ्याटबारे गलत समाचार प्रबाह गरेको र लगानीकर्तालाई आतंकित बनाएको आरोप लगाउँदै त्यसो नगर्न आग्रह गरेको छ ।





यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।