सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

Jul 12, 2017 merolagani

सिद्धार्थ बैंक (SBL) ले जेठ २५ गतेदेखि खुला गरेको दश बराबर तीन अनुपातको हकप्रदमा आवेदन गर्ने बुधबार (आज) अन्तिम दिन हो । हकप्रदमा जेठ १४ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न पाउनेछन् ।

सिद्धार्थको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । सेयरधनीहरुले विक्री प्रबन्धक लक्ष्मी क्यापिटल, सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय हात्तिसार लगायत देशभरीका बैंकको शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

 

तपाईले सिद्धार्थ बैंकको हकप्रदमा कति कित्ता सेयर भर्न पाउनुहुन्छ ? यहाँ क्लिक गरी हेर्नुहोस् ।

सबैभन्दा पहिला कम्पनीको नाममा सिद्धार्थ बैंक छनौट गर्नुहोस् । त्यसपछि सेयरधनी र बुबाको नाम भर्नुहोस् र १६ अंकको हितग्राही नम्बर (डिम्याट नम्बर) वा सेयरधनी नम्बर राखेर समेत सर्च बटनबाट कति कित्ता सेयर भर्ने यकिन गर्नुहोस् । यसबाट तपाईलाई कति कित्ता भर्ने सोधिरहनु पर्ने झण्झट हुँदैन ।

बैंकले एक करोड ५७ लाख ५२ हजार ५७८ कित्ता सेयर विक्री खोलेको हो । ५ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रदपछि चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थले ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ३० पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।