नबिलको एटिएम सेवामा सेञ्चुरी

Jul 12, 2017 merolagani

नबिल बैंकले एकसाथ ४ वटा नयाँ एटिएम काउन्ट थप गरेको छ । यससँगै बैंकको उपत्यका भित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरी कूल  एटिएम संख्या १०० पुगेको छ ।

बैंकले रुद्रैश्वर चोक बुढानिलकण्ठ, पुतलिसडक, होटेल भिशुवा बिरगंज तथा पर्सा चोक लुम्बिनी (लुम्बिनी सम्पदा क्षेत्रको प्रवेश द्वार नजिक) मा सेवा थप गरेको  हो ।

नविलको एटिएममा भिषा कार्ड, माष्टर कार्ड, युनियन पे अन्तर्राष्ट्रिय कार्ड (स्थानीय तथा अन्तर्राष्ट्रिय) र एससिटि कुनै पनि कार्ड प्रयोग गरी सेवा लिन सक्नेछन् ।

 एटिएम उद्घाटन गर्दे बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने बैंक प्रतिबद्ध रहने बताए ।

नीजि क्षेत्रबाट पहिलो संयुक्त लगानीको बैंकको रुपमा स्थापित नबिल बैंकले उपभोक्ताको आवश्यकतामा आधारित विविधतायुक्त सेवा÷सुबिधा प्रदान गर्ने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको छ । बैंकले नवीन प्रविधिको ग्रहण, वासलातको आकार र गुणस्तर, शाखाहरु र एटिमहरुको व्यापक सञ्जाल र ग्राहकहरुकोे सन्तुष्टि प्रति समर्पित पारङ्गत दक्ष पेशाकर्मीहरु नै अग्रणी बैंक बन्नुको आधार भएको बैंकले जारी बिज्ञप्तीमा जनाएको छ ।

नबिल बैंकले ५२ शाखाहरु, एक १ बिस्तारित काउन्टर तथा १०० वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशभित्र र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गर्दे आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।