लक्ष्मी लघुवित्तको खुद नाफामा यस्तो छलाङ, विबरण सार्वजनिक गर्नेमा पहिलो

Jul 16, 2017 Merolagani

लक्षी लघुवित्त (LLBS) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विबरण सार्वजनिक गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन नै वित्तीय विबरण सार्वजनिक गरेर लघुवित्त वित्तीय विबरण निकाल्ने पहिलो कम्पनी बनेको हो । उसले ७१ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विबरण निकालेको छ ।

गत आर्थिक वर्षमा शतप्रतिशत हकप्रद जारी गरेर ११ करोडको चुक्ता पूँजीलाई २२ करोड बनाएको लघुवित्तले खुद नाफा पनि ७१.५३ प्रतिशतले बढाएको हो । पूँजी अनुसार कमाई नबढेका कारण लघुवित्तको प्रतिसेयर आम्दानीमा भने सामान्य संकुचन देखिएको छ । पूँजी वृद्धिको अनुपातमा कमाईको अनुपात केही कम भए पनि आफुलाई अब्बल बनाउने बाटोमा लघुवित्त अघि बढेको देखिन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा छ करोड २४ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तले यस पटक १० करोड ७१ लाख १८ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको दुई करोड २० लाख रुपैंया बराबरको नगद लाभांस मात्र वितरण गरेको लघुवित्तको जगेडा कोषको आकार पनि बढेको छ । समिक्षा अवधिमा उसको जगेडा कोष चार करोड ७७ लाख २८ हजार रुपैंयाबाट बढेर १६ करोड ९५ लाख ६६ हजार रुपैंया पुगेको छ ।

सदस्यहरुबाट गरिने निक्षेप संकलनको आकार झण्डै दोब्बर मात्रामा बढाएको लघुवित्तले लघुवित्त कार्यक्रमका लागि गरेको ऋण प्रवाह पनि भारी मात्रामा बढाएको छ । जसका कारण उसको खुद व्याज आम्दानी १४ करोड ९१ लाख ५१ हजार रुपैंयाबाट बढेर २४ करोड ५४ लाख ५४ हजार रुपैंया पुगेको छ ।

अन्य सञ्चालन मुनाफामा पनि राम्रो सुधार गरेको लघुवित्तको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेका कारण खुद नाफा व्याज आम्दानीको अनुपातमा बढ्न नसकेको हो । सम्भावित जोखिमका लागि समिक्षा अवधिमा केही रकम थप गरेर पनि लघुवित्तले सञ्चालन मुनाफा नौ करोड ५६ लाख ८९ हजार रुपैंयाबाट १६ करोड ५३ लाख आठ हजार रुपैंया पुर्याएको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ४८ रुपैंया ६९ पैसा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी ५६ रुपैंया ७७ पैसा थियो । निष्कृय कर्जा अनुपात ०.३० बाट बढेर ०.५० प्रतिशत पुगेको लघुवित्तको मूल्य आम्दानी अनुपात २८.२२ गुणाले बढी छ । प्रतिसेयर नेटवर्थ १००.०८ रहेको लघुवित्तको तरलता अनुपात १४.४९ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।