१६४ कम्पनीको ३५ अर्ब बराबरको बोनस सूचिकृत

Jul 18, 2017 merolagani

गत आर्थिक बर्षमा धितोपत्र बजारमा बोनस बाट मात्रै ३५ करोड २६ लाख कित्ता सेयर थपिएको छ । धितोपत्र बोर्डका अनुसार एक बर्षको अवधिमा करिब ३५ अर्ब बराबरको बोनस सेयर सूचिकृत भएको छ ।

बोर्डका अनुसार ०७३ साउन एक गतेदेखि ७४ असार मसान्तसम्ममा उक्त परिमाणको बोनस सेयर सूचिकृत भएको हो ।

बोर्डका अनुसार एक बर्षको अवधिमा बैंक तथा वित्तीय संस्था, जलविद्युत, बिमा र होटल गरी कुल १६४ कम्पनीको ३४ अर्ब ७९ करोड ५९ लाख ९२ हजार ७६८ रुपैयाँ बराबरको बोनस सूचिकृत भएको हो ।

यसअवधिमा बोनसबाट मात्रै ३५ करोड २६ लाख ९८ हजार ८९९ कित्ता सेयर सूचिकृत भएको बोर्डले जनाएको छ ।

राष्ट्र बैंकले पूँजीवृद्धि योजना सार्वजनिक गरेयता सूचिकृत कम्पनीहरुले बोनस सेयर वितरणलाई प्राथमिकता दिदै आएका छन ।

पिडिएफ डिस्प्ले नभएको भए यो लिंकबाट पुरा विबरण हेर्न सकिन्छ ।


comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।