माछापुच्छ्रे बैंकको १२ प्रतिशत हकपद्र खुल्यो

Jul 20, 2017 Merolagani



माछापुच्छ्रे बैंक (MBL) ले चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिहीबारदेखि निष्काशन सुरु गरेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । बैंकका सेयरधनीले क्यापिटलको नक्सालस्थित कार्यालय तथा माछापुच्छ्रे बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकले हकप्रद प्रयोजनका लागि गत जेठ १६ गते सेयरधनी पुस्तिका बन्द गरेको थियो । जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्र माछापुच्छ्रेको हकप्रदमा आवेदन गर्न पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी ७ अर्ब ३९ करोड रुपैयाँ नाघ्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको कमाईबाट थप ६१ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।