महालक्ष्मी विकास बैंकको बोनस सेयरधनीको हितग्राही खातामा, कसले तिर्नुपर्छ बोनसको कर ?

Jul 20, 2017 merolagani



साबिक महालक्ष्मी विकास बैंक (MLBL) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको ७.९० प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा गरेको जनाएको छ । साथै बैंकले २०७३ भदौ १९ गते पश्चात सेयर किनेका सेयरधनीले बोनस वापतको कर तिर्नुपर्ने हुँदा कर तिर्न सूचना जारी गरेको छ ।

महालक्ष्मीले गत बैशाख ६ गतेसम्म अभौतिकिकरण (डिम्याट) गराईसकेका सेयरधनीको खातामा बोनस पठाईसकेको जनाएको हो । हालसम्म आफुसँग कागजी रुपमा प्रमाणपत्र रहेका सेयधनीहरुले भने बैंकको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा सम्पर्क राखी सेयर अभौतिकिरण गराएर बोनस सेयर हितग्राही खातामा नै प्राप्त गर्न सक्नेछन् । 

साथै २०७३ भदौ १९ पछि सेयर किनेका सेयरधनीले बैंकको खाता नम्बर २१६०८०११५१२ मा बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गरी हितग्राही खातामा बोनस प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

तपाईले महालक्ष्मी विकास बैंकको बोनस सेयर वापत कति कर तिर्नुपर्छ ? कर सम्बन्धी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । 




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।