वाणिज्य बैंक समूह दोहोरो अंकले घट्दा बीमाले उकास्यो कारोबार

Jul 23, 2017 merolagani

साताको पहिलो दिनको सेयरबजारमा नेप्से परिसूचक झिनो अंकले घटेको छ भने कारोबार रकममा बढोत्तरी आएको छ । वाणिज्य बैंक समूहमा दोहोरो अंकको गिरावट आएपछि नेप्से नकारात्मक रह्यो भने बीमा समूह उचालिएपछि कारोबार रकममा बढोत्तरी आएको छ ।

बीमा कम्पनीहरुको ५२ करोड ८८ लाख बराबरको सेयर किनबेच भयो । बीमा समूहको सूचक सबैभन्दा धेरै २७५ अंकले बढेर ९२६८ अंक पुगेको छ ।  १४ अंकले घटेको वाणिज्य बैंक समूहमा भने २४ करोड बराबरको सेयर किनबेच भएको छ । 

यसदिन उच्च कारोबार गर्ने कम्पनीको सूचीमा बीमा कम्पनीहरुकै बाहुल्यता देखिएको छ । सबैभन्दा धेरै कारोबार गर्ने नेपाल लाईफको ६ करोड ८३ लाख बराबरको कारोबार भयो । नेको इन्स्योरेन्सको पनि करिब पाँच करोड बराबरको सेयर किनबेच भएको छ । सानिमामाई हाइड्रो र प्रभु इन्स्योरेन्सको पनि साढे चार करोड बढीको कारोबार भयो ।

आइतबार नेप्से ०.१९ अंकले घटेर १६३५.५६ विन्दुमा पुगेको छ । १५१ कम्पनीको कारोबार भएको बजारमा १५ लाख ४१ हजार कित्ता सेयर एक अर्ब चार करोड बराबरमा किनबेच भए । गत विहीबारको तुलनामा कारोबार रकम ८ करोड बढी हो ।

आइतबारको बजारमा हाम्रो विकास बैंक, कुवेर मर्चेन्ट फाइनान्स र हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य नौ प्रतिशत भन्दा धेरैले बढेको छ । रिलायन्स फाइनान्स र रिडी हाइड्रो सेयरमूल्य सबैभन्दा धेरै चार प्रतिशतका दरले घटेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।