कन्काई विकास बैंकको २१४ प्रतिशत हकप्रद खुल्यो, कहाँबाट गर्ने आवेदन ?

Jul 24, 2017 Merolagani



कन्काई विकास बैंकलले हाल कायम चुक्ता पूँजीको २१४ प्रतिशत हकप्रद बिक्री सुरु गरेको छ । बैंकले एक बराबर दुई दशमलव १४ कित्ताका दरले ३२ करोड १० लाख रुपैयाँको ३२ लाख १० हजार कित्ता हकप्रद सोमबारदेखि निष्काशन गरेको हो ।

झापाको दमकमा मुख्य कार्यालय रहेको तीन जिल्ले बैंकले हकप्रद बिक्री गर्नका लागि कन्काईले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकको हकप्रदमा क्यापिटलको कार्यालय नक्साल तथा कन्काई विकास बैंक कार्यालयहरु झापाको दमक, काँकडभित्ता, विर्तामोड, झिलझिले, गौरादह र राजगढ तथा मोरङको पथरी, खोर्साने र विराटनगरमा एवं इलाम जिल्लाको राँके, मंगलबारे, विल्याँटे शाखाबाट आवेदन गर्न सक्नेछन् । यसका साथै सिद्धार्थ बैंकका सबै शाखाहरुबाट समेत हकप्रदमा अावेदन गर्न सकिन्छ ।

बैंकले हकप्रद निष्काशनका लागि गत असार १९ गते सेयरधनी पुस्तिका बन्द गरेको थियो । असार १८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउने छन् । बैंकको हकप्रदमा भदौ ११ गतेसम्ममा आवेदन गरिसक्नु पर्छ ।

हाल १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कन्काईको हकप्रद बिक्रीपछि पूँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ । बाँकी रहेको दुई करोड ९० लाख रुपैंया बराबरको बोनस बितरण गरी कन्काइले चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउने छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।