आठ अर्ब पूँजी पुर्याउन अझै कुन - कुन बैकलाई समस्या ?

Jul 26, 2017 Merolagani

-परमेश्वर अधिकारी

राष्ट्र बैंकले तोकको आठ अर्व चुक्ता पूँजी पुर्याउन अझै केही बाणिज्य बैकलाई मुस्किलको सामाना गर्नुपरेको देखिएको छ । चारवटा वाणिज्य बैंकहरुले चुक्तापूँजी आठ अर्ब नघाएर ढुक्कले कारोबार बिस्तारमा ध्यान केन्द्रित गर्दा एक दर्जन भन्दा बढी बैक चुक्तापूँजीकै चिन्तामा रुमल्लिएका देखिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गत आर्थिक वर्षको असार मसान्तसम्ममा पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । यस व्यवस्था अनुसार वाणिज्य बैंकहरुले सार्वजनिक गर्ने चौथो त्रैमासिक वित्तीय बिवरणमा चुक्ता पूँजी आठ अर्ब रुपैंया पु्गेको हुनु पर्ने हो । तर एक दर्जन बाणिज्य बैकहरुले चौथो त्रैमासको वित्तीय बिवरणमा त्यसलाई स्पष्ट पार्न नसक्ने देखिएको छ ।

राष्ट्र बैंकले चुक्ता पूँजी नपुर्याएका बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दा तोकिएको पूँजी पुगेको व्यहोरा लेखा सम्बन्धि टिप्पणीमा उल्लेख गर्नु पर्ने व्यवस्था गरेको छ । यो ब्यवस्था अनुसार असार मसान्तसम्म पूँजी नपुगेको खण्डमा बाँकी पूँजीको स्रोत पनि प्रष्ट रुपमा खुलाउनु पर्ने हुन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक, सेयर बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बैंकको चुक्ता पूँजी आठ अर्ब माथि पुगिसकेको छ ।

उल्लेखित तालिकाको क्रम संख्या १२ सम्मका बैंकहरुले बोनसबाटै पूँजी आठ अर्ब पुर्याउने लक्ष्य लिएका छन् । तर एनआईसी एशिया, हिमालयन, प्राइम, नबिल र स्टाण्डर्ड चार्टर्डले आठ अर्ब पूजी पुर्याउन कुनै विकल्प अघि सारेका छैनन् । यसको अर्थ यी बैंकहरुले कमाई तथा जगेडाको सदुपयोग गरेरै बोनस बाँडेर पूँजी आठ अर्ब पुर्याउन खोजेको देखिन्छ ।

सिद्धार्थ बैंकले १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र नपुगेको पूँजी जगेडा कोषबाट जुटाउने रणनीति बनाएको देखिन्छ । माछापुछ्रे बैंकले पनि अहिले निष्काशन गरिरहेको १२ प्रतिशत हकप्रद पछि अपुग पूँजी जगेडा कोषबाट थप्ने लक्ष्य लिएको देखिन्छ । एनएमबी बैंकले थप नयाँ साधारण सेयर ( एफपीओ) जारी गर्ने प्रस्ताव स्वीकृत भएको खण्डमा एक अर्ब १४ करोडले पूँजी बिस्तार गर्ने र त्यसबाट नपुगेको पूँजी बोनसबाट पुर्याउन खोजेको देखिन्छ ।

कुमारी बैंकले अहिले कायम पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरिसकेको छ । यो हकप्रदपछि बाँकी रहने पूँजी पनि बोनसबाटै पुर्याउनु पर्ने हुन्छ । बैंक अफ काठमाण्डु झण्डै ६२ करोड रुपैंयाको थप नयाँ संस्थापक सेयर ( एफपीओ) निष्काशन गर्ने प्रकृयामा छ । उक्त सेयर निष्काशन भएपछि कायम हुने पूँजीलाई १७६ अर्ब रुपैयाको बोनसबाट आठ अर्ब पुर्याउने लक्ष्यमा वैंक रहेको भएपनि संस्थापक एफपीओ निस्कासन सम्बन्धि कानून नभएकाले उस्को प्रस्ताव अन्यौलमा परेको छ ।

सेञ्चुरी कमर्शियल बैंकले साउन १६ देखि ४० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । हकप्रदपछि सेती फाइनान्स र अल्पाइन डेभलपमेण्ट बैंक आफूमा विलय गराएर प्राप्त हुने रकममा अपुग हुने १७ करोड हाराहारीको रकम बोनस वितरण गरेर आठ अर्बको पूँजी तयार पार्दै छ ।

मेगा बैकले ६५ प्रतिशत हकप्रद सेयर जारीबाट गर्ने र टुरिजम डेभलपमेण्ट बैँकसँगको मर्जर पश्चात चुक्ता पूँजी आठ अर्ब माथि पुर्याउने लक्ष्य लिएको छ ।

एनसीसी बैकले ५० प्रतिशत हकप्रद निष्काशन गरेर पनि एक अर्ब बराबरको बोनस वितरण गर्दा मात्र आठ अर्ब रुपैंयाको पूँजी तयार हुन्छ ।

एभरेष्ट बैंकले अहिले निष्काशन गरिरहेको ३० प्रतिशत हकप्रद पश्चात पनि दुई अर्ब १२ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । मर्जरको प्रकृयाका सम्बन्धमा हल्लामात्र बढी भएकाले बैंकले के गर्छ भन्न सक्ने अवस्था छैन ।

स्टाण्डर्ड चार्टर्डले निष्काशन गरेको एफपिओको प्रिमियमबाट पूँजी दोब्बर बनाउने उद्घोष गरेको छ । यो बाहेक उसँग अन्य विकल्प छैन ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।