एसबीआई बैंकले थप्यो सेयर लिलामी अवधि

Jul 28, 2017 merolagani

नेपाल एसबीआई बैंकले सेयर लिलामी अवधि एकदिन थप गरेको छ । यसअघि साउन १६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गनुपर्नेमा सूचना जारी गरेकोमा शुक्रबार रक्षबन्धनको बिदा परेर एक दिन थप गरिएको बैंकले जनाएको छ ।

लिलामी सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी वा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसारमा साउन १७ गते मंगलवार सम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र साउन १८ गते बुधबार दिउँसो ३ ३० बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा खुला हुने क्यापिटलले जनाएको छ ।

एसबिआईले गत साउन ९ गतेदेखि साधारण समूहको चार लाख ६९ हजार ५२ कित्ता सेयर लिलामीमा राखेको हो । बैंकले यसअघि जारी गरेको ४० प्रतिशत हकप्रदमा अवितरित सेयर लिलामीमा बेच्न लागेको हो ।

हकप्रदपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड १७ लाख रुपैयाँ पुगेको छ । चालु आवको तेस्रो त्रैमासमा एसबिआईले एक अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९.५७ रुपैयाँ कायम गरेको छ । बैकको सेयर विहीबार नेप्सेमा प्रतिकित्ता रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।