प्राईम लाईफ ईन्स्योरेन्सले बर्षौपछि गर्यो लाभांश प्रस्ताब

Jul 30, 2017 Merolagani



संस्थागत सुशासनमा गडबडी भएपछि बीमा समितिको कारबाहीमा परेर सुधारिएको प्राईम लाईफ ईन्स्योरेन्स(PLIC)ले बर्षौपछि बल्ल लाभांश प्रस्ताब गरेको छ । कम्पनीले बिगत बर्षहरुको संचित खुद नाफाबाट २५ प्रतिशत बोनस सेयर लगानीकर्तालाई बाँड्ने प्रस्ताब गरेको हो ।

कम्पनीको साउन १२ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताब गरेको नेप्सेको वेभसाईटमा उल्लेख  छ ।

प्राईम लाईफको चुक्ता पूँजी झण्डै ४९ करोड र जगेडा कोषमा गत बर्षको तेस्रो त्रैमाससम्ममा ७५ करोड छ । कम्पनीले बक्यौता चार साधारणसभा एकैचोटी गर्दा ४० प्रतिशतसम्म बोनस सेयर दिनसक्ने भए पनि २५ प्रतिशत मात्र प्रस्ताब गरेको छ ।

प्राईम लाईफका तत्कालीन प्रमुख कार्यकारी रेष्टा झाले भ्रमण खर्चमा बदमासी गरेपछि कम्पनी बीमा समितिको कारबाहीमा परेको थियो । भ्रष्टाचार भएको रकम असुली गरिएपछि उसलाई बीमा समितिले कारबाही फुकुवा गरी बक्यौता तीन आर्थिक बर्षको बित्तीय बिबरण स्वीकृत गरेको थियो ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।