व्याज खर्च बढ्दा स्वरोजगार लघुवित्तको कमाईमा देखियो यस्तो असर

Aug 03, 2017 Merolagani



स्वरोजगार लघुवित्त (SLBBL)ले गत आर्थिक वर्षमा दुई करोड ८६ लाख ४१ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले दुई करोड ४७ लाख ४२ हजार रुपैंया खुद नाफा कमाएको थियो । कष्ट अफ फण्डमा आएको बढोत्तरीले लघुवित्तको खुद नाफामा खास वृद्धि नदेखिएको हो ।

समिक्षा अवधिमा लघुवित्तको खुद नाफा १५ प्रतिशतले बढेको हो । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी पाँच करोड ३६ लाख ८० हजार रुपैंयाबाट छ करोड ९९ लाख ९८ हजार रुपैंयाँ पुगेको छ ।

निक्षेप तथा कर्जा परिचालन दोब्बर बढीले बढाएको लघुवित्तले १६ करोड ५७ लाख रुपैंया व्याज आम्दानी गरेको छ । व्याज खर्च समिक्षा अवधिमा तीन करोड ३४ लाखबाट बढेर सात करोड ३५ लाख पुग्दा खुद व्याज आम्दानी नौ करोड २२ लाख रुपैंयाँ छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तको खुद व्याज आम्दानी छ करोड ३६ लाख रुपैंयाँ थियो । अघिल्लो आर्थिक वर्षमा ८.१३ प्रतिशत रहेको लघुवित्तको कष्ट अफ फण्ड बढेर १०.९७ प्रतिशत पुगेको छ ।

कर्मचारी खर्च, अन्य सञ्चालन खर्चमा आएको तिब्र बढोत्तरीले पनि लघुवित्तको खुद नाफा अपेक्षित रुपमा वृद्धि हुन नसकेको हो । उसको प्रतिसेयर आम्दानी ४० रुपैंयाँ ९१ पैसा छ । निष्कृय कर्जा अनुपात ०.२२ प्रतिशत रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १६६ रुपैंया नौ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.९८ गुणाले बढी छ । लघुवित्तको जगेडा कोषमा चार करोड ६२ लाख ६६ हजार रुपैंयाँ सञ्चित छ ।




श्रेष्ठ र ढुंगानाको राजीनामा पछि गभर्नरको दौड थप रोचक मोडमा, मुख्य दावेदार सात जनामध्ये कसलाई कसकाे साथ ?

Mar 27, 2025 06:07 AM

नेपाल राष्ट्र बै‌कका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रकृया थप रोचक मोडमा पुगेको छ । शुरुदेखि नै भावी गभर्नरको दावेदारको रुपमा हेरिएका उनले गभर्नरको दौडमा ‘औपचारिक रुपमा’ सामेल हुन  कार्यकारी निर्देशकबाट राजीनामा दिएको हुन सक्ने आशंका गरिएको छ ।