राष्ट्रिय बिमा संस्थानलाई बिमा समितिको अंकुश,लेखा परीक्षण नसकाएसम्म लगानीमा रोक

Aug 04, 2017 merolagani



बिमा समितिले राष्ट्रिय बिमा संस्थानलाई कर्मचारीको तलबभत्ताबाहेकका क्षेत्रमा लगानी गर्न रोक लगाएको छ । समितिले एघार आर्थिक बर्षको लेखापरीक्षण नगराएसम्म लगानी नगर्न निर्देशन दिएको छ ।



बिमा संस्थानले आर्थिक वर्ष २०६०/६१ देखि २०७२/७३ सम्मको लेखापरीक्षण गर्न बाँकी छ । समितिका निर्देशक राजुरमण पौडेलले हिसाब मिलान नभएसम्मका लागि यस्तो रोक लगाइएको जानकारी दिए ।

सम्पूर्ण हिसाब मिलान नभएसम्म प्रचलित श्रम नियमावली २०५० को नियमानुसार सञ्चय कोषबापतको रकम कर्मचारीलाई दिने तलबभत्ता, पोसाक भत्ता र उपदानबाहेक अन्य कुनै पनि प्रकारको सुविधा वृद्धि तथा भुक्तान नगर्न पनि समितिले आदेश दिएको छ ।

बिमा ऐनमा आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र लोखा परीक्षणको प्रतिवेदन बिमा समितिमा पेस गर्नुपर्ने व्यवस्था छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।