माछापुच्छ्रे बैंकको विशेष साधारण सभाले के गर्यो निर्णय ?

Aug 06, 2017 Merolagani



माछापुच्छ्रे बैंकको विशेष साधारण सभाले पोखराबाट बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । आइतबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न विशेष साधारण सभाले पोखरा लेखनाथ महानगरपालिका वडा नंं ९ मा रहेको  केन्द्रीय कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. २ लाजिम्पाटमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन के.सी. को अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले नियामक निकायहरुले गरेका परिवर्तित व्यवस्थाहरुलाई समेट्न प्रबन्धपत्र तथा नियमावलीका केही व्यवस्थाहरु परिमार्जन गर्ने विषय समेत पारित गरेको छ । 

छ अर्ब ५९ करोड ८७ लाख रुपैंया चुक्ता पूँजी रहेको बैकले पूँजी आठ अर्ब पुर्याउन १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रियामा छ ।

बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७० स्थानवाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले के गर्यो ? यो सामग्री हेर्नुहोस्

...[माछापुच्छ्रे बैंकले पनि बलियो बनायो आफ्नो आधार]...

 




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।