स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई एसिया बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड

Aug 08, 2017 merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (SCB) ले एसिया बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड–२०१७ जितेको छ । सिंगापुरमा गत मंगलबार भएको यस अवार्डको आठौं संस्करणमा सो अवार्ड नेपालको तर्फबाट सिंगापुरको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ग्रहण गरेको थियो ।



हरेक वर्ष इम्प्लोयर ब्रान्डिङ इन्स्टिच्युट (ईबीआई), वल्र्ड एचआरडी कंग्रेस र रणनीतिक साझेदारहरूले यो अवार्ड वितरण गर्दे आएका छन् ।

एसियाका स्वतन्त्र प्रोफेसनल व्यक्तिहरूको एक समूहले प्रत्येक राष्ट्रमा उत्कृष्ट रोजगारदाताका सम्बन्धमा बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए । उक्त अध्ययन उपर निर्णायक मण्डलका वरिष्ठ नेताहरू, अनुसन्धानकर्ताहरू र विज्ञहरूले निर्णय गरेका थिए ।

बैंकले यसै बर्ष युरोमनीबाट युरोमनी अवार्डस् फर एक्सलेन्स–२०१७ र ग्लोबल फाइनान्सबाट बेट डिजिटल बैंक अवार्डस् पनि प्राप्त गरिसकेको छ ।

comments powered by Disqus