सानिमा माई हाईड्रोकाे शतप्रतिशत हकप्रद विक्री खुल्यो

Aug 11, 2017 merolagani



सानिमा माई हाईड्रोपावर कम्पनीले  साउन २७ गते शुक्रबारदेखि शतप्रतिशत हकप्रद बिक्री थालेको छ । कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको एक करोड पाँच लाख ५० हजार कित्ता सेयर  बिक्री खोलेको हो ।

सानिमा माईको सेयर विक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा  साउन ९ गतेसम्म कायम रहेका सेयरधनीले बिक्री  प्रबन्धकको कमलपोखरीस्थित स्थित कार्यालय तथा सानिमा बैंकका उपत्यकाभित्र चुच्चेपाटी, कलंकी, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड, र सूर्यविनायकबाट आवेदन गर्न सकिनेछ ।

यसै गरि उपत्यका बाहिरका सानमा बैंकका शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, बिर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायाणगढ चितवन, नेपालगंज र पोखराबाट आवेदन दिन सकिने बताइएको छ । हाइड्रोको हकप्रद निष्काशन आगामी भदौ २९ गते बन्द हुनेछ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ रहेकामा हकप्रद विक्रीपछि दुई अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।