नेपाल बैंकको नाफा ३ अर्ब २१ करोड, जगेडा कोष पनि मजबुत हुँदै

Aug 14, 2017 MEROLAGANI



नेपाल बैंक लिमिटेड (NBL) ले गत आर्थिक वर्षमाा ३ अर्ब २१ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । बैकको नाफा अघिल्लो वर्षको तुलनामा ११.६७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले यसैअवधिमा २ अर्ब ८८ करोड खुद नाफा गरेको थियो ।



बैंकले ब्याज आम्दानी बाटै ७ अर्ब ५६ करोड कमाएको छ । जबकी उसले ब्याज खर्च १ अर्ब ७२ करोड गरेको छ । बैंकले यसअवधिमा ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा १२ अर्ब १६ करोड लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ राखेको छ । बैंकको अघिल्लो आर्थिक बर्षको मध्यसम्म  जगेडाकोष ऋणात्मक रहेको थियो । अघिल्लो आर्थिक बर्षको  मध्यदेखि जगेडाकोष धनात्मक बनाएको बैंकले एक बर्षको अवधिमा जगेडाकोषमा ३ अर्ब २६ करोड रुपैयाँ थप गरेको छ ।

बैंकको खराव कर्जा ३ दशमलव १७ प्रतिशत, प्रति सेयर आम्दानी ४० रुपैयाँ ३ पैसा तथा प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।