जलविद्युत विकास कम्पनीको नाफा ४९ करोड, प्रतिसेयर आम्दानी झण्डै दोब्बर

Aug 14, 2017 merolagani



जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (HIDCL) ले गत आर्थिक बर्षमा ४९ करोड ९ लाख ७८ हजार खुद नाफा गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ९३ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा २५ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो।

कम्पनीले बैंक ब्याज तथा ऋण लगानीबाट ८० करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै कर्मचारी तथा संचालन लगायतका विविध शिर्षकमा ४ करोड ३८ लाख खर्च गरेको छ ।

कम्पनीले पावर प्रोजेक्टमा ७६ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ भने ३३ करोड ५५ लाख रुपैयाँ अन्य क्षेत्रमा लगानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी १० अर्ब रहेको छ भने जगेडा कोषमा ९८ करोड ९९ लाख ८८ हजार राखेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको कुल सम्पत्ति ११ अर्ब ३८ करोड ७५ लाख १७ हजार पुगेको छ । यसअवधिमा कम्पनीको दायित्व रकम ३९ करोड ७५ लाख २९ हजार देखिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा रहेको छ। गतबर्षको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी झण्डै दोब्बर हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ९० पैसा छ ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।