जलविद्युत विकास कम्पनीको नाफा ४९ करोड, प्रतिसेयर आम्दानी झण्डै दोब्बर

Aug 14, 2017 merolagani



जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (HIDCL) ले गत आर्थिक बर्षमा ४९ करोड ९ लाख ७८ हजार खुद नाफा गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ९३ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा २५ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो।

कम्पनीले बैंक ब्याज तथा ऋण लगानीबाट ८० करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै कर्मचारी तथा संचालन लगायतका विविध शिर्षकमा ४ करोड ३८ लाख खर्च गरेको छ ।

कम्पनीले पावर प्रोजेक्टमा ७६ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ भने ३३ करोड ५५ लाख रुपैयाँ अन्य क्षेत्रमा लगानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी १० अर्ब रहेको छ भने जगेडा कोषमा ९८ करोड ९९ लाख ८८ हजार राखेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको कुल सम्पत्ति ११ अर्ब ३८ करोड ७५ लाख १७ हजार पुगेको छ । यसअवधिमा कम्पनीको दायित्व रकम ३९ करोड ७५ लाख २९ हजार देखिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा रहेको छ। गतबर्षको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी झण्डै दोब्बर हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ९० पैसा छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।