मिर्मिरे माइक्रोफाइनान्सले हकप्रदको प्रस्ताव पारित गर्न बोलायो विशेष साधारणसभा

Aug 15, 2017 merolagani



मिर्मिरे माईक्रोफाईनान्सको आइतबार बसेको संचालक समितिको बैठकले अहिले बिक्री गरिरहेको हकप्रद वितरण पश्चात शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको छ । मिर्मिरेले गत असार ५ गतेदेखि साउन ८ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो ।

हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले भदौ २६ गतेका लागि विशेष साधारणसभा राख्ने निर्णय गरेको छ । विशेष साधारणसभाका लागि भदौ ७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समेत कम्पनीले जनाएको छ ।

हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरिरहेको माइक्रोफाइनान्सको हकप्रद पश्चात चुक्ता पूँजी चार करोड ५० लाख पुग्नेछ । त्यसपश्चात शतप्रतिशत हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षको बित्तीय विवरण अनुसार माइक्रोफाइनान्सको निष्कृय कर्जा १.० प्रतिशत, मूल्य आम्दानी अनुपात ४२.८४ गुणा छ ।

फर्स्ट  माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस दिने

फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।


कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।