नेपाल हाईड्रोको आईपीओमा गोलाप्रथा निश्चित, भोलि निष्काशन बन्द हुँदै

Aug 15, 2017 merolagani



नेपाल हाईड्रो डेभलपर लिमिटेडको साधारण सेयर मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ । तेस्रो दिनसम्ममा कम्पनीको आईपीओमा ४० हजार बढी आवेदन नाघेको तथ्याङ्क आएकाले १० कित्ताका दरले सबै अावेदकले सेयर नपाउने पक्का भएको हो । 

हाईड्रोले निष्काशन गरेकाे तीन लाख ९० हजार कित्तामध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाईएकाे छ । बाँकी ३ लाख ६२ हजार ७०० कित्ता सेयर गोलाप्रथाबाट ३६ हजार २७० जना सर्वसाधारणलार्इ वितरण गरिनेछ ।

धितोपत्र बोर्डले जारी गरेकाे नयाँ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । जसअनुसार  अनिवार्य दश कित्ता वितरण गर्दा  सेयर आवेदक संख्या ४० हजार भन्दा बढी भईसकेकाले कम्पनीको सेयर गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएकाे छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार साउन २९ गतेसम्म दुई दिनमा ३० हजार ५० जनाले २६ करोड ४८ लाख रुपैयाँको सेयर आवेदन गरेका थिए । पहिलो दिनमा ८ हजार १९१ जनाले ८ करोड ५२ लाख रुपैयाँको सेयर माग गरेका थिए ।

नेपाल हाईड्रोले तीन करोड ९० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ३ लाख ९० हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको साधारण सेयरमा आस्वा प्रणालीबाट धितोपत्र बोर्डबाट आस्वा सेवा प्रदान गर्न अनुमति लिएका जुनसुकै बैंक तथा वित्तीय संस्था मार्फत साउन ३२ गते सम्म आवेदन गर्न सकिन्छ ।

हाइड्रोले यसअघि गत मंसिरमा दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँड गरिसकेको छ । सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

हाइड्रोले दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ, यसको अर्थ कम्पनीको वित्तीय अवस्था अति कमजोर रहेको बुझिन्छ । 




comments powered by Disqus

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 21, 2024 06:25 AM

मंसिर ६ गते, बिहीबार, दुई वाणिज्य बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।