नेपाल हाईड्रो डेभलपरको १० कित्ता सेयर तँपाईलाई पर्ला कि नपर्ला ? यस्तो छ तथ्याङ्क

Aug 17, 2017 Merolagani

नेपाल नेपाल हाईड्रो डेभलपर कम्पनीको साधारण सेयर भर्नु भएको छ भने अब गोलाप्रथाबाट मात्र सेयर पाउने पक्का भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हाइड्रोको साधारण सेयरमा एक लाख ७३ हजारभन्दा बढी आवेदन परेको छ । सी -आस्बा बाट सेयर आवेदन संकलन गरेका तीन बैंकहरुले तथ्याङ उपलब्ध गराउन सकेका छैनन् ।

अब हेरौं कति जनाले सेयर पाउँदैनन्

कम्पनीले निष्काशन गरेको तीन लाख ९० हजार कित्तामध्ये सात हजार आठ सय कित्ता कर्मचारी र १९ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाईएको छ । बाँकी ३ लाख ६२ हजार सात सय कित्ता सेयर गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गर्नु पर्ने हुन्छ । क्यापिटलले यहि व्यवस्था अनुसार ३६ हजार दुई सय ७० जना आवेदकलाई मात्र सेयर बाँडफाँड गर्छ ।

यस आधारमा कम्पनीको साधारण सेयरमा आवेदन गरेका एक लाख ७३ हजार (प्रारम्भिक तथ्याङ्क) मध्ये एक लाख ३७ हजार आवेदकले सेयर पाउँदैनन् । कुल आवेदक मध्ये समग्रमा २० प्रतिशत आवेदकले मात्र सेयर पाउँने छन् भने ८० प्रतिशत आवेदक रित्तो हात हुने छन् । अर्थात एक सय आवेदकमध्ये २० जनाले मात्र सेयर पाउने अनि ८० जनाले सेयर नपाउने पक्का भएको हो ।

तीन करोड ९० लाख  रुपैंयाको सेयरका लागि कुल एक अर्ब ५३ करोड रुपैंयाको आवेदन परेको हो । यो प्रारम्भिक तथ्याङ्क मात्र हो । यसै तथ्याङ्कका आधारमा औसतमा एउटा आवेदनबाट आठ हजार आठ सय ५० रुपैंयाको आवेदन परेको देखिन्छ ।

धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार पाँच हजार रुपैंयाभन्दा धेरै रकम राखेर साधारण सेयर आवेदन गर्ने र पाँच हजार रुपैंयाको आवेदन गर्नेले बराबरी सेयर पाउँछन् । पहिले जसरी धेरै रकमको आवेदन गरेर अनिवार्य रुपमा सेयर पाउने पनि सम्भावना अब रहन्न ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।