नागरिक लगानीकोषको वित्तीय विवरणमा देखियो प्रगति,प्रतिसेयर आम्दानी कति ?

Aug 19, 2017 merolagani

नागरिक लगानीकोष (CIT) ले सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरणमा कम्पनीको प्रगति देखिएको छ ।  वित्तीय विवरणमा कम्पनीको कोषको आकार, लगानी, नाफा तथा प्रतिसेयर आम्दानी लगायतका सूचक बढेका छन भने कोषको लागतमा समेत कमी आएको छ ।



नागरिक लगानी कोषले गत आर्थिक बर्षमा २८ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । कोषको नाफा अघिल्लो बर्षको तुलनामा दश प्रतिशत बढी हो। अघिल्लो बर्ष कम्पनीले २५ करोड ८५ लाख नाफा गरेको थियो ।

कोषको सेयर पूँजी ७४ करोड ३ लाख रुपैयाँ छ भने कोषको खुद कोष मौज्दातमा ९३ अर्ब ५४ करोड रुपैयाँ छ । कोषको आकार एक बर्षको अवधमिा १३ अर्बले बढेको हो। अघिल्लो बर्ष खुद कोष मौज्दातमा ८० अर्ब १५ करोड थियो । यसअवधिमा कोषले ८१ अर्ब ४१ करोड लगानी गरेको छ ।

नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी ३८ रुपैया, प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ छ । कोषको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो वर्ष प्रतिसेयर आम्दनी ३५ रुपैयाँ र नेटवर्थ १६४ रुपैयाँ थियो ।

कम्पनीको कोषको लागतमा समेत कमी आएको छ भने लगानीको प्रतिफल बढेको छ । अघिल्लोबर्ष ५.९७ प्रतिशत रहेको कस्ट अफ फण्ड ५.९४ प्रतिशतमा झरेको छ । त्यस्तै लगानीको प्रतिफल ५.२८ प्रतिशतले बढेर ७.२५ प्रतिशत पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।