सबैभन्दा कमजोर देखियो सिभिल बैंक,यस्तो छ वित्तीय अवस्था

Aug 20, 2017 merolagnai

गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका वाणिज्य बैंकमध्ये सिभिल बैंक (CBL) कमाईको आधारमा सबैभन्दा कमजोर देखिएको छ । केही साना कम्पनीहरुलाई गाभेर चुक्तापूँजी बढाएको बैंकले पूँजीवृद्धिको अनुपातमा आम्दानी गर्न नसक्दा प्रतिसेयर आम्दानी ६.५२ रुपैयाँ कायम भएको छ ।

बैंकले गत आर्थिक बर्षमा चुक्तापूँजी ३ अर्ब ८ करोड बाट बढाएर ५ अर्ब १८ करोड पुर्याएको छ भने जगेडाकोष समेत ५३ करोडबाट एक अर्ब ४९ करोड पुगेको छ ।

यसबीचमा बैंकले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स, युनियन फाइनान्स र हामा मर्चेण्ट एण्ड फाइनान्सलाई प्राप्ति गरेको थियो । पूँजी बढेको अनुपातमा बैंकको कमाई भने खुम्चिएको छ । 

गतबर्ष बैंकले ३३ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ । जून अघिल्लो आर्थिक बर्षको तुलनामा ६७ लाख मात्र बढी हो । अघिल्लो बषै बैंकले ३३ करोड १४ लाख खुद मुनाफा गरेको थियो ।

विभिन्न संस्थालाई आफूमा मिलाउँदा बैंकको जगेडा कोषमा भने झण्डै ५५ करोड रुपैंयाको योगदान पुगेको छ । जसका कारण बैंकले प्रकृयामा रहेको हकप्रद पश्चात पनि बोनसबाट चुक्ता पूँजी आठ अर्ब नघाउन सक्ने देखिन्छ ।

बैंकले ठूलो मात्रामा खराब कर्जा उठाएपनि संचालन नाफा भारी मात्रामा घटेपछि नाफा बढाउन सकेन । यसअवधिमा बैंकले ४३ करोड ७२ लाख खराब कर्जा उठाएको छ । ठूलो मात्रामा खराब कर्जा उठाएपनि अझै ४.०५ प्रतिशत खराब कर्जा देखिन्छ । अघिल्लो बर्ष खराबकर्जा २.७० प्रतिशत थियो । संचालन नाफा २७ करोडबाट ११ करोडमा झरेको छ ।

यसअवधिमा बैंकले ३४ अर्ब निक्षेप संकलन गरेर २९ अर्ब कर्जा परिचालन गरेको छ । बैंकको प्रति शेयर आम्दानी ६.५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७.७३ प्रतिशत, तरलता अनुपात २९.६५ प्रतिशत र प्रति शेयर नेटवर्थ १२८.८० रुपैयाँ रहेको छ ।

बैंकले आठ अर्ब चुक्तापूँजी पुर्याउन ४० प्रतिशत हकप्रद बिक्रीको प्रक्रियामा रहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।