युनिभर्सल पावरले आईपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

Aug 22, 2017 merolagani

युनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) ले सर्वसाधारणलाई २५ प्रतिशत सेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ । कम्पनीले प्राथमिक सेयर निष्कासन प्रस्ताव पारित गर्न भदौ २९ गते साधारणसभा बोलाएको छ । सेयर निष्कासन प्रस्ताव साधारणसभाबाट पारित भएपछि सेयर निश्कासनको प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखाबासी र १५ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ । 

त्यस्तै कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको ९५ करोड रुपैयाँ साधारण सेयरमा परिणत गर्ने भएको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो ।


युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कम्पनीको ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।

comments powered by Disqus