जेविल्स फाइनान्सले हकप्रद निष्काशन गर्न तोक्यो बुकक्लोज मिति

Aug 22, 2017 merolagani

जेविल्स फाइनान्स कम्पनी (JEFL) ले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्न सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ । फाइनान्स सञ्चालक समिति बैठकले भदौ १४ गते बुधबार बुकक्लोज गर्ने तय गरेको हो ।

यसअनुसार फाईनान्सको सातौं बार्षिक साधारणसभाले पारित गरेको शतप्रतिशत हकप्रदमा भदौ १३ गते मंगलबारसम्म कायम रहेका सेयरधनीले आवेदन गर्न पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड ८९ लाख ५६ हजार रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रदपछि फाईनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ कायम हुनेछ । 

गत असार २३ गतेको विशेष साधारणसभाले राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउन फेरी ४० प्रतिशत अर्थात २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । ४० प्रतिशत हकप्रदका लागि भने फाइनान्सले फेरी अर्को पटक सेयरधनी किताब बन्द गर्नेछ ।

गत आर्थिक बर्षमा कम्पनीले खुद नाफा घटेर तीन करोड ६२ लाख रुपैयाँ ७१ हजार रुपैयाँमा सिमित भएपछि प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसामा झरेको छ । अघिल्लाे आर्थिक बर्षमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०६ पैसा रहेको थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।