नेपाल इन्स्योरेन्सले बोलायो दुई आर्थिक बर्षको साधारणसभा,यस्ता छन एजेण्डा

Aug 25, 2017 merolagnai
0



नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले भदौ ३० गते ६७ र ६८ औ बार्षिक साधारणसभा बोलाएको छ । बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा कम्पनीले बोनस र हकप्रदको प्रस्ताव साधारणसभामा लग्दैछ । कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयरपछि शत प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले १ करोड ४३ लाख रुपैयाँ बराबर बोनस सेयर तथा कर प्रयोजनका लागि ७ लाख ५६ हजार बराबरको नगद लाभांस वितरण गर्नेछ ।

कम्पनीको हालको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ। ५ प्रतिशत बोनस शेयर दिएसँगै चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ। त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाखको हाराहारीमा पुग्नेछ ।

बीमा समितिले निर्देशन बमोजिमको एक अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीलाई अझै ३९ करोड ६० लाख अपुग हुने देखिन्छ । निर्जीवन बीमा कम्पनीहरुले आगामी असारमसान्तसम्ममा एक अर्ब चुक्तापूँजी पुर्याउनु पर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ भदौ १६ देखि ३० सम्म बुक क्लोज हुने भएको छ।

२८ करोड ७६ लाख चुक्तापूँजी भएको कम्पनीको जगेडा कोषमा १६ करोड ७ लाख ५७ हजार रुपैंया सञ्चित छ । बीमा कोषमा १३ करोड ४० लाख ४० हजार रुपैंया राखेको छ ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।