एनआइसी एशिया बन्यो साधारणसभा बोलाउने पहिलो बैंक,दशै अगाडि बोनस

Aug 25, 2017 merilagani



एनआइसी एशिया बैंक(NICA) बाणिज्य बैंकमा सबैभन्दा पहिलो साधारणसभा डाक्ने बैंक बनेको छ । बैंकले भदौ ३० गते गत आर्थिक बर्षको साधारणसभा डाकेको छ । साधारण सभाका लागि बैंकले भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । 

 

एनआइसी एशियाले गत आर्थिक बर्षको नाफबाट  प्रस्ताव गरेको २० प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनको लागि १.०५ नगद लाभांश साधारण सभाबाट पारित गर्देछ । बोनस राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि सेयरधनीलाई वितरण हुनेछ । 

यसअनुसार भदौ १५ गते विहीबारसम्म कायम रहेका  लगानीकर्ताले मात्र २० प्रतिशत बोनस प्राप्त गर्नेछन् ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैँया कायम गरेको थियो । बैंकको चक्ता पूँजी ६ अर्ब ६९ करोड रहेकोमा बोनसपछि आठ अर्ब २ करोड रुपैँया पुग्नेछ ।

यसअघि सिटिजन्स् बैंकले पनि भदौ १२ गतेदेखि १६ गते सेयरधनी किताब बन्द गर्ने मिति घोषणा गरेपनि साधारण सभाको मिति तोकेको थिएन ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।