सिटिजन्स् बैंकको बोनसपछिको सेयरमूल्य समायोजन

Aug 28, 2017 merolagani

सिटिजन्स् बैंक इन्टरनेशनल (CZBIL) को सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले १६ प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन गरेको हो ।

बैंकको नयाँ सेयरमूल्य प्रतिकित्ता ३२३ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ३९४ रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । भदौ ११ गते आइतबारसम्म कायम रहेका शेयरधनीले मात्र बैंकको बोनस सेयर पाउनेछन । आजदेखी सेयर किन्ने लगानीकर्ताले बैंकको बोनस पाउने छैनन् ।

सिटिजन्स् बैंकले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

हाल सिटिजन्स् बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी आठ अर्ब दुई करोड पुग्नेछ ।

comments powered by Disqus