ङादी ग्रुप पावरले असोज ६ गते साधारण सभा गर्ने, १० % बोनसपछि ३० % हकप्रद प्रस्ताव

Sep 02, 2017 merolagani



ङादी ग्रुप  पावर लिमिटेड (NGPL) ले असोज ६ गते बिहान ११ बजे अमृतभोग क्याटरर्स कालिकास्थानंमा चौथो वार्षिक साधारण सभा बोलाएको छ । साधारणसभाका लागि कम्पनीले भदौ २२ गते सेयरधनी किताब बन्द गर्ने भएको छ ।

साधारणसभामा ङादीले १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीले बोनसमा लाग्ने कर तिर्न ०.५३ प्रतिशत नगद लाभांस प्रस्ताव पेस पनि पेश गर्दैछ । भदौ २१ गतेसम्म कायम रहेका सेयरधनीले १० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै, सभामा बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने अर्को विशेष प्रस्ताव पेस गर्दैछ । सभामा बोनस तथा हकप्रदपछि पुँजी वृद्धि हुने हुँदा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र कुनै सुझाव आएमा त्यसअनुसारको आवश्यक परिमार्जन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुँदैछ ।

४८ करोड ६८ लाख ६८ हजार रुपैयाँ सेयर पुँजी रहेको ङादीले गत आवमा पाँच करोड १३ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०४ पैसा कायम गरेको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।