खसी बोकामा देश पूरै परनिर्भर, किन भयो यस्तो ?

Sep 23, 2017 merolagani

सुन्दा अचम्म लाग्नसक्छ, दशैमा काठमाण्डौमा खपत हुने खसीको हिस्सामा ८५ प्रतिशत हिस्सा भारतवाट आयत गरिने गरेकाे छ । भनेपछि नेपालमा उत्पादन हुने खसीकाे खपत १५ प्रतिशतको हाराहारीमा छ । उपभोक्ताले दशैमा खसीको मासुको खाएर आनन्द लिइरहदा आफूले मासु खाएको खसी नेपालकै हो या भारतवाट ल्याएको हो, त्यो हेक्का गर्ने कुरा पनि भएन ।

 

 

तर बजारमा भएको आपूर्तिलाई अनुगमन गर्ने निकायले भने यो विषयमा खासै चासो दिएको पाइदैन । यदि चासो दिएको हुन्थ्यो भने नेपाललाई कसरी बाख्रापालन पालनमा आत्मनिर्भर वनाउन सकिन्छ भनेर नितीगत तहमा बहस भैसक्थ्यो ।

नेपालको भूवनोट, हावापानी सबै हेर्दा नेपाल बाख्रापालनमा आत्मनिर्भर नहुने कुनै कारण छैन । तर, ८५ प्रतिशत खसी वोका आयत गर्ने स्थिति किन बनिरहेको छ ? यो प्रश्नको उत्तर कसले दिने ? दशैंमा खसीबोकाको खपत उच्च हुन्छ । यो समयमा १० देखि १५ गुणा बढीले खपत माग हुन्छ । अरूवेला चारहजार सम्म खपत हुने खसीवोका दशैमा ५० हजारसम्म पुग्छ । चौपाया खरीद विक्री सेवा संघका अनुसार दशैमा कुल खपतको ८५ प्रतिशत अर्थात ३५ हजारसम्म खसी भारतबाट आउने गरेका छन । नेपालमा खसी उत्पादन कम हुनुमा निम्न कारण छन ।

  •  सरकारको उचित प्रोत्साहनको कमी
  • पर्याप्त   घाँस तथा दानको अभाव 
  • अवैज्ञानिक ढुवानी मापदण्ड
  • बाख्रापालनलाई सम्मानको पेशाका रूपमा नलिइनु
  • युवाहरू कृषि पेशाप्रति आकर्षण नहनु र बिदेश जानु

 

बीस बर्ष पहिलेसम्म दशैको समयमा आउने खसीबोकामध्ये ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत भारतीय हिस्सा हुने गथ्र्यो । तर यो २० वर्षको समयमा नेपाल पूर्णरूपमा परनिर्भर हुने अवस्थामा छ । यदि यस्तै अवस्था रहे अवको एक दशकमा नेपाल पूरै पर निर्भर नहोला भन्न सकिन्न ।

 

खसीबोकामा आत्मनिर्भर हुनलाई के गर्नु पर्ने ?

  •  स्वेदशी उत्पादन बढाउन कृषक मैत्री नियम कानून बन्नुपर्ने
  •  सरकारी अनुदानको सहज उपलब्धता हुनुपर्ने
  •  कृषि पेशालाई थप सम्मानजनक बनाई युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनु पर्ने

दशैंका लागि नेपालको उदयपुर, ओखलढुंगा, कपिलवस्तु, वीरगञ्ज, सिन्धुली, बाँके, कैलाली, काँभ्रे, धादिङसम्म बाट खसीबोका राजधानी ल्याइनेगरेका छन । यसैगरी भारतको कानपुर, हरियाणा, लक्ष्मणपुर, लखनौ, राजस्थान लगायतका स्थानबाट खसीबोका आयात हुनेगरेको छ ।

ब्यापारीहरूका अनुसार अहिले बजारमा जिउँदो कालो रङ्गको बोकाको प्रति केजी ४ सय ५० रूपैयाँदेखि ५ सय रूपैयाँसम्म तथा रातो रङ्गको बोकाको भने ४ सय रूपैयाँदेखि ४ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी जिउँदो खसीको भने ४ सय ६० रूपैयाँदेखि ५ सय १० रूपैयाँसम्म प्रति केजीका दरले किनबेच भइरहेको र भेडाको मासु प्रति केजी ८ सय रूपैयाँ तथा च्याङ्ग्रा भने १२ देखि १५ सय रूपैयाँसम्ममा किनवेच भैरहेको छ । तर, तराईमा भएको डुवान, नारायणगढ -मुग्लिन सडक खण्डमा हुने बारम्बारको अवरोध लगायतले खसीको खपत कम हुने भएकोले मासुको मूल्य अझैमाथि जानसक्ने छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

लिलामीकाे शेयर सस्तोमै उठाउने अवसर,चार कम्पनीले झण्डै एक कराेड कित्ता लिलामी गर्ने

Dec 19, 2018

पुस महिनामा हकप्रदमा अवितरित संस्थापक र साधारण शेयर गरि कूल ९७ लाख ७६ हजार ६३३ कित्ता शेयर बिक्रीमा ल्याउने सूचना कम्पनीहरूले प्रकाशन गरिसकेका छन्। एनसीसी बैंक सहित चार कम्पनीले बोलकबाेल प्रकृयाबाट लिलाम बढाबढमा साे शेयर बिक्री गर्न लागेका हुन् ।