कम्युनिटी डेभलपमेन्टको १२० प्रतिशत हकप्रद असोज २६ देखि बिक्रीमा आउने

Sep 24, 2017 merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) को १२० प्रतिशत हकप्रद सेयर असोज २६ गतेदेखि बिक्रीमा आउने भएको छ । बैंकले प्रति एक कित्ता बराबर १.२ कित्ताको अनुपातमा २६ लाख ४३ हजार ५ सय ३८ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले हकप्रद प्रयोजनका लागि गत असोज १८ गते सेयरधनी किताब बन्द गरेको थियो । असोज १७ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन ।

लगानी कर्ताहरुले कात्तिक २९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शाखा, एनआइबिएल क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरास्थित चिप्लेढुंगा शाखा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट हकप्रद सेयर भर्न सकिने व्यवस्था गरिएको छ ।

२२ करोड दुई लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल कम्युनिटीको हकप्रदपछि ४८ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

गत आवमा बैंकले तीन करोड ६१ लख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।