सय रुपैयाँमा पनि नबिकेको एभरेष्ट बैंकको सेयर फेरि आयो लिलामीमा

Sep 26, 2017 merolagani

एभरेष्ट बैंकले यसअघिको लिलाम बढाबढमा नबिकेको शेयर पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ । बैंकले यसअघि २ लाख ५३ हजार कित्ता शेयर लिलामी गर्दा आवेदन नपरेको ३५,८४१ कित्ता शेयर बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

एभरेष्टको लिलामीको सेयरमा यही असोज २० गतेदेखि २७ गतेसम्म आवेदन मिति तोकिएको छ । जसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ ।

यसअघिको लिलामीमा केही लगानीकर्ताले एभरेष्ट बैंकको सेयर सय रुपैयाँमै हात पारेका थिए । जसमा १३०० रुपैयाँ सम्म कबुल्ने लगानीकर्ताहरु समेत थिए ।

सोमबार सेयरबजारमा एभरेष्ट बैंकको सेयर प्रतिकित्ता १२२० रुपैयाँमा कारोबार भएको थियो ।

एभरेष्टले भदौ २५ गतेदेखि असोज १ गतेसम्म सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । जसमा २ लाख १७ हजार ९५६ कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।

एभरेष्टको चुक्ता पुँजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामी गरिसकेपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ पुग्नेछ । चौथो त्रैमासमा बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९९ पैसा छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।