नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२०% हकप्रद मंगलबारसम्म कायम सेयरधनीले मात्र पाउने

Oct 03, 2017 merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) को १२० प्रतिशत हकप्रद सूरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । बैंकले बुधबार सेयरधनी किताब बन्द गर्ने भएकाले मंगलबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक ले असोज २६ गतेदेखि १२० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याउन्दै छ । बैंकले प्रति एक कित्ता बराबर १.२ कित्ताको अनुपातमा २६ लाख ४३ हजार ५ सय ३८ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । लगानी कर्ताहरुले कात्तिक २९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शाखा, एनआइबिएल क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरास्थित चिप्लेढुंगा शाखा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट हकप्रद सेयर भर्न सकिने व्यवस्था गरिएको छ ।

२२ करोड दुई लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल कम्युनिटीको हकप्रदपछि ४८ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

गत आवमा बैंकले तीन करोड ६१ लख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम गरेको छ । बैंकको सेयर मंगलबार नेप्सेमा ३०७ रुपैयाँ हाराहारीमा कारोबार भैरहेकाे छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।