बोनस सेयर के हो ? कस्ता कम्पनीले बोनस अनि नगद लाभांस बितरण गर्छन् ?

Oct 04, 2017 Merolagani

अहिले सेयर बजारमा लगानी गरेका र चासो राख्ने जो कोहीले सूचिकृत कम्पनीहरुको साधारण सभा कहिले हुँदै छ, कति लाभाँस दिँदै छ, अझ कति वोनस सेयर दिदैछ, त्यसैमा बढी चासो दिने गरेको पाइन्छ । लाभांस घोषणा गर्ने र साधारणसभा बोलाउने समय भएकाले पनि लगानीतर्काको ध्यान बोनसले तान्ने गरेको छ ।

कुन अवस्थामा बोनस शेयर जारी गर्न मिल्छ र मिल्दैन भन्नेबारेमा बोनस शेयर निष्काशन निर्देशिकाले स्पष्ट व्यवस्था गरेको छ ।

बोनस सेयर के हो ?

कम्पनीले आर्जन गरेको अर्थात् कमाएको नाफाबाट आफ्ना सेयरधनीलाई बाँडिने नाफाको अँशलाई लाभांश (लाभको अंश) भनिन्छ । लाभांश नगद वा सेयर दुई किसिमबाट वितरण गरिन्छ । यदि लाभांश नगदमा बाँडिन्छ भने त्यसलाई नगद लाभांश भनिन्छ । यदि लाभांशलाई सेयरमा बाँडिन्छ वा वितरण गरिन्छ भने त्यसलाई स्टक डिभिडेन्ड वा बोनस सेयर भनिन्छ ।

कम्पनीको बचत वा जगेडाकोषलाई पुँजीकरण गर्नका लागि बिद्यमान अवधिमा कायम भएका सेयरधनीलाई यसप्रकारको थप शेयर (बोनस सेयर) बाँडिन्छ र कम्पनीको चुक्ता पुँजी वृद्धि गरिन्छ ।

कम्पनीको विद्यमान शेयरधनीहरूलाई विना कुनै मूल्य वितरण गरिने शेयर लाई बोनस शेयर भनिन्छ । यस्तो शेयर कम्पनीको मुनाफाबाट बाड्न योग्य मुनाफाको रकमबाट बाड्ने गरिन्छ ।

बोनस शेयर सामान्यतया शेयरधनीले लिएको शेयर संख्याको आधारमा वितरण गरिन्छ । बोनस शेयरले कम्पनीको जारी शेयरको संख्यालाई बढाउने भएता पनि कम्पनीको मूल्यमा असर भने पार्दैन । बोनस शेयर जारी गर्दा कम्पनीको मुनाफा वा जगेडाको रकमलाई पूँजीमा परिणत गर्ने गरिन्छ ।

नगद लाभांस र बोनस सेयर कुन धेरै फाइदाजनक ?

अन्तर्राष्ट्रिय बजारमा बोनस सेयरको अवधारण ज्यादै न्युन मात्रामा हुन्छ । नगद लाभांस कम्पनीहरुको पहिलो प्राथमिकतामा पर्छन् । कम्पनीका लागि आवश्यक पूँजी पहिले नै जुटाई सकेको हुनाले अन्य मुलुकमा नगद लाभांस बितरणको अभ्यास बढी हुने भएको हो ।

नेपालको सन्दर्भमा सुचिकृत कम्पनीहरुको चुक्ता पूँजीको आकार ज्यादै न्युन अवस्थामा रहेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजी चार गुणाले बढाएर पूँजीको आकार केही ठुलो बनाउने कदम चालेको हो । यस क्रममा पूँजी बढाउन हकप्रदको बाटोमा धेरै बैंक तथा वित्तीय संस्था सक्रिय रहे । तर जगेडा कोषमा भएको रकम पूँजीकृत गर्न सहज हुने बैंक तथा वित्तीय संस्थाहरुले बोनस बितरण गरेर चुक्ता पूँजी चार गुणाले बढाउने क्रम पनि तिब्र पारिरहेका छन् ।

नगद लभांस बितरण गर्दा प्रतिकित्ता सेयरको एक सय रुपैंया अंकित मूल्यका आधारमा कति रुपैंया लाभांस बितरण गर्ने भन्ने विषयका आधारमा कम्पनीहरुले निष्कर्ष निकाल्छन् । प्रतिसेयर आम्दानीको नजिकसम्म पुगेर कम्पनीहरुले नगद लाभांस बितरण गरेका उदाहरण छन् । नगद लाभांसको सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध नहुने भएकाले जति लाभांस घोषणा हुन्छ त्यति मात्र लगानीकर्ताको हातमा आउँछ । प्रतिसेयर आम्दानीभन्दा बढी लाभांस विशेष अवस्थामा जगेडा कोषको आकार हेरेर मात्र बितरण गरिने भएकाले कहिले काँही लगानीकर्तालाई बढी लाभ हुन सक्छ ।

तर जगेडा पूँजीकरण गर्न बितरण गरिने बोनस पनि प्रतिसेयर आम्दानीको हाराहारीसम्म प्रतिशतमा बितरण गरिने गरिएको छ । यसरी बोनस बितरण गर्दा कम्पनीले अंकित मूल्यका आधारमा बितरण गरे पनि लगानीकर्ताले दोस्रो बजारको मूल्यमा त्यस्तो सेयर बिक्री गर्न पाउनँछन् ।

उदाहरणका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले बितरण गरेको १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांस कुन फाइदाजनक भन्ने हेरौं ।

तपाईसँग इन्भेष्टमेण्ट बैंकको एक सय कित्ता सेयर छ भने १५ प्रतिशतका दरले बोनस पाउँदा थप १५ कित्ता बोनस तपाईको भागमा पर्छ । दोस्रो बजारमा बुधबार छ सय ६० रुपैंया हाराहारीमा समायोजन भएको सेयर बजार घटेको अवस्थामा पनि छ सय रुपैंयाका दरले १५ कित्ता सेयर बिक्री गर्दा लगानीकर्ताले नौ हजार रुपैंया फाइदा लिन सक्छन् ।

२५ प्रतिशत नगद लाभांस भन्नाले तपाईसँग भएको एक कित्ता सेयर बराबर २५ रुपैंयाका दरले नगद लाभांस पाउने भन्ने हो । यस आधारमा तपाईको एक सय कित्ता सेयरले २५ सय रुपैंया मात्र प्रतिफल दिन्छ ।

यस आधारमा नगद लाभांसभन्दा बोनस सेयरबाट बढी फाइदा हुने भएका कारण बोनस सेयरको पछि लाग्ने लगानीकर्ताको संख्या बढी छ । तर बजारको उतारचढाव अनि बोनस सेयर वापत हुने सेयर मूल्य समायोजन लगायत कारणले कतिपय अवस्थामा बोनसबाट पनि फाइदा हुन्छ नै भन्न सक्ने अवस्था रहन्न । प्रथमिक सेयरको हकमा भने प्रत्येक पटक बितरण हुने नगद लाभांस तथा बोनस सेयर धेरै फाइदाजनक हुने गरेको छ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।