सपोर्ट माइक्रोफाईनान्सको साधारण सेयर ९३ प्रतिशत आवेदकले नपाउने !

Oct 10, 2017 merolagani

सपोर्ट माइक्रोफाईनान्सको साधारण सेयरमा  दुई लाख २६ हजार ९३२ जनाले दुई अर्ब २४ करोड ३२ लाख ६४ हजार १०० रुपैयाँको सेयर माग गरेका छन् । लघुत्तिको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको प्रारम्भिक तथ्यांक अनुसार  उक्त रकमको सेयर माग भएको हो ।

क्यापिटलले दिएको जानकारी अनुसार साधारण सेयरमा अन्तिम दिनमा मात्रै ४२ हजार २०९ जना आवेदकबाट एक अर्ब पाँच करोड ४७ लाख ८५ हजार ३०० रुपैयाँ बराबरको माग भएको छ ।

लघुवित्तले असोज १८ देखि २३ गतेसम्म एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ९०० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको थियो ।

सर्वसाधारणमा साधारण सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ । चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले कम्पनीले गत आर्थिक बर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको छ । ३१ लाख १९ हजार रुपैयाँ जगेडाकोष रहेको लघुवित्तको खराब कर्जा प्रतिशत ०.८२ प्रतिशत रहेको छ ।

सपोर्ट माइक्रोफाइनान्स पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाई २०७२ को साउनबाट औपचारिक रुपमा सञ्चालनमा आएको लघुवित्त हो ।

कुल आवेदककको ७ प्रतिशतलले मात्र सेयर पाउने, १२३ गुणा बढी रकमको आवेदन

सपोर्ट लघुवित्तले निष्काशन गरेको कुल एक लाख ८० हजार कित्ता सेयर मध्ये दुई प्रतिशत अर्थात तीन हजार ६०० कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ९ हजार कित्ता आईपिओ सामुहिक लगानी कोषलाई छुट्याइएको छ । यसबाट बाँकी रहेको एक लाख ६७ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारण लाई वितरण हुनेछ ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको तथ्याङ्कलाई आधार मानेर हेर्दा कुल आवेदकको ७.३८ प्रतिशत आवेदकले मात्र सेयर पाउनेछन् भने ९२.६२ प्रतिशत आवेदकले सेयर नपाउने भएका छन् ।कुल आवेदक दुई लाख २६ हजार ९३२ जनामध्ये धितोपत्र बाँडफाँड नियमावली २०७४ अनुसार प्रत्येक आवेदकलाई १० कित्ता सेयरको दरले १६ हजार ७४० जना आवेदकलाई बाँडफाँड हुनेछ । बाँकी रहेका दुई लाख १० हजार १९२ जना आवेदकको हात खाली नै रहने निश्चित छ ।

लघुवित्तको सेयरमा रकमका आधारमा लघुवित्तले एक करोड ८० लाख रुपैयाँको सेयर निष्काशन गरेकोमा २ अर्ब २२ करोड ५२ लाख ६४ हजार १०० रुपैयाँ बढीको आवेदन परेको छ । यो मागको तुलनामा १२३.६३ गुणा बढी हो ।

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।