म्यादी प्रहरीमा ९८ हजारलाई रोजगारी खुल्यो, आजैबाट आवेदन गर्न सकिने (आवेदन फारम सहित)

Oct 10, 2017 merolagani

असोज २६, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यलयका अनुसार अजैबाट देशभरका ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीमा भर्ना हुन आवेदन गर्न सकिने छ ।

आवेदन परेका निवेदनहरूबाट म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्म हुने सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ । उम्मेदवार कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको हुनुपर्ने प्रहरीले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन चाहने व्यक्ति नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले दुरूस्त हुनुपर्ने विज्ञापनमा उल्लेख छ । म्यादी प्रहरीमा भर्ना हुन साधारण लेखपढ भए पनि हुने । निर्वाचन सकिएपछि म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।

म्यादी प्रहरीको कुन पदमा कति जनाको माग रहेको छ । बिज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................


comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।