नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको हकप्रद सेयरको बिक्री खुल्यो

Oct 12, 2017 merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) को १२० प्रतिशत हकप्रद सेयरको बिक्री खुलेको छ । बैंकले १० बराबर १२ कित्ताको अनुपातमा २६ लाख ४३ हजार पाँच् सय ३८ कित्ता हकप्रद निष्काशन गरेको हो ।

असोज १७ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् ।बैंकको हकप्रदमा कात्तिक २९ गतेसम्म आवेदन गर्न सकिन्छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

बैंकको हकप्रदमा एनआइबीएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिने बैंकले जनाएको छ । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिने बैंकले जनाएको छ ।

चुक्ता पुँजी २२ करोड दुई लाख ९४ हजार रुपैयाँ रहेको बैंकको हकप्रद पश्चात चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार सात सय ८० रुपैयाँ पुग्नेछ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।