रिलायबल माईक्रोको सेयर लिलामीमा बजार मूल्यभन्दा २०० रुपैयाँ महँगो हाल्ने को होला ?

Oct 12, 2017 MEROLAGANI

रिलायबल माइक्रोफाइनान्स (RMFL) को हकप्रदमा अवितरित दुई हजार ७९७ कित्ता साधारण सेयरको बोलपत्र विहीबार सिभिल क्यापिटलमा खुला भएको छ । लिलामी सेयरमा बाेलपत्र पेश गरेका कुल २६४ वटा आवेदकमध्ये पाँच जनाले लघुवित्तको सेयर सकारेका छन् ।

लिलामी भर्ने अन्तिम दिन असोज २५ गते बुधबार रिलायबल माईक्राे फाईनान्सको सेयर कारोबार १९५० रुपैयाँमा बन्द भएपनि बोलपत्रदाता अरुण गौतमले बजार मूल्यभन्दा २०१ रुपैयाँ बढी अर्थात २१५१ रुपैयाँमा एक हजार ८०० कित्ता सेयर सकारेका हुन् । अन्य चार अावेदक पनि सेयर सकारेका छन् ।

लिलामीमा एक हजार ८३६ रुपैयाँ ५८ पैसा बढी मूल्य बोलकबोल गर्ने पाँच जना बोलपत्रदाताले सेयर प्राप्त गरेका कम्पनीको सेयर विक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । कुल आवेदनमध्ये १० कित्ताले भाग नजानेगरि पेश गरिएका र एक सय कित्ताभन्दा कम कित्ता आवेदन गरेका १५ आवेदकको बोलपत्र रद्ध भएको छ ।

कम्पनीले असार २५ देखि साउन २९ गतेसम्म दुई लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा अवितरित सेयर लिलाम बढाबढमा बिक्री गरेको हो । लघुवित्त कम्पनीले गत आवमा एक करोड १२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ कायम गरेको छ । 

रिलायबल माइक्रोफाइनान्सले गत बर्षको नाफाबाट हकप्रदलाई हिसाब नगरि २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । तर पछिल्लो व्यवस्था अनुसार हकप्रदलाई पनि बोनस दिनै पर्ने भएकाले लिलामीमा सेयर सकार्ने सहित सबै सेयरधनीले  २० प्रतिशत नभई समायोजित अनुपातमा १३.३३ प्रतिशत बोनस सेयर पाउनेछन् । 

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus