एभरेष्ट बैंकको लिलामीको सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

Oct 13, 2017 merolagani

एभरेष्ट बैंक (EBL) ले लिलामीमा राखेको सर्वसाधारण समूहको ३५ हजार ८४१ कित्ता सेयरका लागि आवेदन गर्ने आज अन्तिम हो । ईच्छुक लगानीकर्ताले शुक्रबार बैकिङ् कार्यालय समयभित्र यो लिलामीमा आवेदन दिइसकक्नु पर्नेछ । यसअघिको लिलाम बढाबढमा सय रुपैयाँमा पनि नबिकेको शेयर बैंकले पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि २ लाख ५३ हजार कित्ता शेयर लिलामी गर्दा आवेदन नपरेको ३५,८४१ कित्ता शेयर बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेकोस थियो ।

जसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ ।

लिलामी सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी बालपत्र फारम बुझाउनुपर्नेछ ।

यसअघिको लिलामीमा केही लगानीकर्ताले एभरेष्ट बैंकको सेयर सय रुपैयाँमै हात पारेका थिए । जसमा १३०० रुपैयाँ सम्म कबुल्ने लगानीकर्ताहरु समेत थिए ।

एभरेष्टको चुक्ता पुँजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामी गरिसकेपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षमा बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९९ पैसा छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।