लगानीकर्तामा खुसी बाँड्दै बजारले गर्यो तिहारलाई स्वागत

Oct 18, 2017 Merolagani

तिहार अघिको अन्तिम कारोबारमा सेयर बजारले लगानीकर्तालाई रात दिंदै तिहारको स्वागत गरेको छ । बजार खुलेको केही बेर तल झे पनि बन्द हुने समयमा ९.१७ अंकको सुधार सहित हरीयो बत्ती बालेर बजारले तिहारलाई स्वागत गरेको हो । कारोबार रकममा पनि सामान्य अवस्थामा रहँदा लगानीकर्तालाई केही राहत मिलेको छ ।

९.१७ अंकले बढेर बजार परिसुचक नेप्से १५६८.३५ अंकमा उक्लिएको हो । एक सय ४५ कम्पनीका ११ लाख ११ हजार एक सय ३० कित्ता सेयरहरु तीन हजार तीन सय ३१ पटक किन बेच हुँदा ४३ करोड २५ लाख पाँच हजार रुपैंयाको कारोबार भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७८ अंकले बढेर ३३०.१० अंमा उक्लिएको छ ।

बुधबार सबै उपसमुह सकरात्मक बने पछि बजारले टेवा पाएको हो । वाणिज्य बैंक समुहमा ४.०९ अंकको सुधार आउँदा बीमा समुहमा ९७.४८ अंकको सुधार आएको छ । त्यसै गरी विकास बैंक समुहमा १४.४५, जलविद्युतमा ११.७१, अन्यमा ९.२६, वित्तमा ७.५३, व्यापारमा ६.३३ र होटल समुहमा ३.६९ अंकको सुधार आएको छ ।

वाणिज्य बैंक तथा बीमा कम्पनीको अधिक मात्रामा सेयर कारोबार भएको छ । यो सूचीमा चिलिमे हाइड्रो पनि परेको छ ।

धेरै सेयरमूल्य बढ्ने कम्पनीको सूची यस्तो छ ।

त्यसै गरी धेरै सेयरमूल्य घट्ने कम्पनीको सूची यस प्रकार छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।