आरएसडीसी लघुवित्तले २०० प्रतिशत हकप्रद भर्ने समय बढाएपछि सेयरधनीलाई राहत

Oct 20, 2017 Merolagani

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले असोज २ गतेदेखि जारी गरेको २०० प्रतिशत हकप्रद भर्ने समय १५ दिन थप गरेको छ । यसअघि सेयरधनीले कात्तिक ५ गतेसम्म भर्नुपर्ने व्यवस्था रहेकोमा अब कार्तिक २० गतेसम्म आवेदन गर्दा हुने भएको छ । यसले सेयरधनीलार्इ ठुलाे राहत मिलेकाे छ ।

यस अबधिमा दसैैंको लामो बिदा परेकाले तथा तिहार सकिएलगत्तै हकप्रद भर्ने अन्तिम म्याद पर्दा सेयरधनीले हकप्रद भर्ने समय नपाउने अवस्थालाई मध्यनजर गर्दे लघुवित्तले समयसीमा बढाएको हो ।

आरएसडीसीले एक सय रुपैयाँ अंकित दरकोे २३ लाख २५ कित्ता हकप्रद सेयर विक्री खुला गरेको हो । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लाजिम्पाट रहेको छ ।

हकप्रदमा भदौ १५ गतेसम्म कायम रहेका सेयरधनीले लाजिम्पाट तथा आरएसडीसी लघुवित्त कालिकानगर–१२, बुटवलबाट आवेदन गर्न सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौं उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयबाट समेत हकप्रद भर्न मिल्नेछ ।

११ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको आरएसडीसीको हकप्रदपछि ३४ करोड ५० लाख रुपैयाँ पूँजी कायम हुनेछ । गत आवमा लघुवित्तले एक करोड ९६ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ १२ पैसा कायम गरेको छ । जसको सेयर प्रतिकित्ता १३२९ रुपैयाँ रहेको छ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।