जनउत्थान लघुवित्तले २० प्रतिशत बोनस वितरण गर्ने

Oct 23, 2017 merolagani

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक (JSLBB) ले गतबर्षको कमाईबाट २१.०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।



यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने ४८ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्न लागेको हो । त्यस्तै कम्पनीले कर प्रयोजनार्थ २ लाख ५२ हजार बराबरको नगद लाभांस पनि वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्रस्तावित लाभांस पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी २ करोड ४० लाख रुपैयाँ छ । बोनस पछि कम्पनीको पूँजी २ करोड ८८ लाख रुपैयाँ पुग्नेछ । गतबर्ष कम्पनीले एक करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएर ६६.८५ रुपैयाँ प्रतिसेयर आम्दानी कायम गरेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।