माउण्ट मकालुको ५० प्रतिशत हकप्रदका लागि बुकक्लोज

Oct 24, 2017 Merolagani

माउण्ट मकालु डेभलपमेण्ट बैंकले निष्काशन गर्न लागेको ५० प्रतिशत हकप्रदका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति तय भएको छ । बैंकले कात्तिक १७ गते बुक क्लोज गर्ने जनाएको छ । यद्यपी बैंकले हकप्रद निष्काशनको मिति भने निर्धारण गरेको छैन ।

बैंकले २ बराबर १ अनुपातमा एक सय अङ्कित दरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बैंकको निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

गत बर्ष वितरण गरेको ६।४० प्रतिशत बोनसपछि माउन्ट मकालुको चुक्तापूँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ पुगेको छ । अनुमति पाएको ५० प्रतिशत हकप्रदपछि बैंकको चुक्तापूँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

बैंकले यसअघि पनि १५० प्रतिशत हकप्रद बेचेको थियो । बैंकको प्रतिकित्ता सेयर ६७३ रुपैँयामा नेप्सेमा अन्तिम पटक कारोबार भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।