'मार्केट मेकर' लाई तत्काल पूँजी बजारमा भित्र्याइयोस : इन्भेष्टर्स फोरम

Oct 25, 2017 merolagani



नेपाल नेपाल ईन्भेष्टर्स फोरमले बजार निर्माता (मार्केट मेकर) लाई तत्काल पूँजी बजारमा भित्र्याउन माग गरेको छ । बुधबार फोरमले नेपाल स्टक एक्सजेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई दश बुँदे मागपत्र पेश गर्दे उक्त माग गरेको हो ।

बजारको अनाबश्यक उतार चढावलाई नियन्त्रण गरी स्थायित्व प्रदान गर्न तथा आम सर्बसाधारण लगानीकर्ताको लगानी सुरक्षित पार्न तत्काल बजार निर्माता भित्र्याउनु पर्ने फोरमको भनाई छ ।

ईन्भेष्टर्स फोरमले पेश गरेको माग पत्रमा पूर्ण अनलाइन प्रणाली कार्यान्वयन, ब्रोकर  विस्तार, गैरआवासीय नेपाली र संस्थागत विदेशी लगानीकर्ताहरुलाई सेयर बजारमा भित्र्याउनु पर्ने, ब्रोकर मार्फत मार्जिन ल्याण्डिङको सुविधा पाउनुपर्ने, ब्रोकरको कार्यक्षेत्र विस्तार, कमिशन कटौति लगायत सूचिकृत कम्पनीहरुको नियमन सम्मका माग प्रस्तुत गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

फोरमले नेप्से प्रमुखलाई पेश गरेका दश माग यस्ता छन ।

१. नेपालको पूँजी बजारको बिकास र आधुनिकीकरणका लागि पूर्ण अनलाईन कारोबार प्रणाली अति आबश्यक छ । अबको कति दिन भित्रमा पूर्ण अनलाईन कारोबार प्रणाली लागु हुने हो स्पष्ट पारियोस र पूर्ण अनलाईन प्रणालीसम्बन्धी काम गर्ने कार्यदलमा नेपाल ईन्भेष्टर्स फोरमको प्रतिनिधित्व सुनिश्चित गरियोस् ।

२. हाल संचालनमा रहेका ५० वटा सेयर दलालको संख्या र पहुँच आमलगानीकर्ताहरुका बीचमा न्युन रहेको, बढ्दो बजारको आबश्यकता पुरा गर्न, देशका कुनाकाप्चामा रहेका लगानीकर्ताहरुलाई अत्याधुनिक सुबिधा दिन र पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउन उनीहरुबाट मात्रै संभव नहुने हुँदा संस्थागत बाणिज्य बैंक तथा व्यक्तिग फर्महरुलाई ब्रोकर लाईसेन्स दिईयोस् । देश संघियतामा गएकाले प्रत्येक प्रदेशमा क्षेत्रीय सेयरदलालहरुलाई लाईसेन्स दिईयोस । सबै स्थानीय तहमा बैंक मार्फत सेयर कारोबार हुने ब्यवस्था गरियोस् ।

३. गैरआवासीय नेपाली, विदेशमा बस्ने नेपाली नागरिक र संस्थागत विदेशी लगानीकर्ताहरुलाई सेयर बजारमा प्रबेश गराईयोस् ।

४. बैंक तथा बित्तीय संस्थाहरुबाट सेयर धितो कर्जा लिँदा हामी लगानीकर्तालाई धेरै असुविधा र झंंझट भएकाले सेयर दलाल मार्फत तत्काल मार्जिन ल्याण्डिड. उपलब्ध हुने ब्यवस्था गरियोस । डिलरशीप पनि उनीहरुलाई दिईयोस र कार्यक्षेत्र बिस्तार गरियोस् ।

५. अहिलेको ब्रोकर कमिशन ज्यादै महंगो भई हामी समस्त लगानीकर्ताहरुलाई मर्का परेकाले ब्रोकर कमिशन यथाशीघ्र अधकितम ०.२५ प्रतशितसम्म सीमितपारी लगानीकर्ताले शेयर किनबेच गर्न पाउने प्रणाली लागू गरियोस । दक्षिण एशियाकै सबैभन्दा महंगोे कमिशन दर नै पूँजीबजारको बिकास र विस्तारको ठूलो बाधक हो ।

६. हकप्रद आबेदन र लिलाममा आउने सेयरमा बोलपत्र पेश गर्ने प्रक्रियालाई तत्काल आश्वा प्रणालीमा आबद्ध गरी राजधानी बाहिर रहेका लाखौं लगानीकर्ताले समेत सहज र सरल रुपमा आबेदन गर्ने र रकम फिर्ता पाउने ब्यवस्था सुनिश्चित गरियोस ।

७. नेप्सेमा सूचिकृत कम्पनीहरुले बर्षौसम्म साधारणसभा नगर्नाले हामी लगानीकर्ता प्रताडित बनिरहेका छौ । हाम्रो मर्का हटाउन हरेक पुस मसान्त भित्र साधारणसभा नगर्ने कम्पनीलाई आर्थिक जरिवाना र कडाईगरियोस् । कम्पनी ऐनमा हरेक पुस मसान्त भित्रमा पब्लिक कम्पनीले साधारणसभा गरी विवरण पेश गर्नुपर्ने ब्यवस्था रहेकोले कानुन पालनामा समेत सघाउ पुग्छ र सूचिकृत कम्पनीहरुको संस्थागत सुशासनमा समेत सुधार आई हामी लगानीकर्ताहरुको हित संरक्षण हुन्छ । राजश्व असुली बढेर सरकार, नेप्से, धितोपत्र बोर्ड, ब्रोकर, लगानीकर्ता सबैलाई फाईदा हुन्छ ।

८. साधारणसभाले पारित गरेकोे बोनस र हकप्रद सेयर जारी भई बिक्री बन्दभएको महिनौपछि पनि लगानीकर्ताको खातामा नआउने समस्या रहेकोले बोनस र हकप्रद जारी भएको तीन महिना भित्रमा लगानीकर्ताको खातामा आईसक्ने ब्यवस्था गर्नु लगानीकर्ता र पूँजी बजारको हितमा हुने ठानेका छौ ।

सेयर धितो कर्जा लिएकाहरुको सवालमा उनीहरुले प्राप्त गर्ने बोनस रहकप्रद सेयर बैंकको नाममा रोक्का नभईकन सिधै लगानीकर्ताको खातामा जाने ब्यवस्था होस् । बैंकसँग नो अब्जेक्शन लेटर लिन नपरोस् ।

९. बजार निर्माता (मार्केट मेकर) लाई तत्काल लाईसेन्स दिई पूँजी बजारमा भित्र्याईयोस । यसले बजारको अनाबश्यक उतार चढावलाई नियन्त्रण गरी आम सर्बसाधारण लगानीकर्ताको लगानी सुरक्षित पार्नुका साथै बजारलाई स्थायित्व दिन्छ र बिस्तारमा सघाउँछ ।

१०. सूचिकृत हरेक कम्पनीले त्रैमासिक बित्तीय विवरण पत्रिकामा छाप्नुभन्दा अघिल्लो दिन बेलुका पीडीएफ फाईल बनाएर नेप्सेमा पठाउनुपर्ने र त्यो फाईललाई नेप्सेले आफ्नो वेभसाईटमा भोलिपल्ट कार्यालय समय सूरु हुनेबेला सम्ममा अपलोड गर्नु आबश्यक देखिएको छ । यसो गर्दा देशका कुनाकाप्चामा रहेका मात्रै हैन बिदेशमा रहेका नेपालीले पनि सहजै रुपमा सुसुचित हुन पाउने, पीडीएफ फाईलका कारण नेप्सेको साईटमा कुनै लोडनपर्ने, खासै खर्च नहुने भई समग्र पूँजी बजारलाई नै फाईदा पुग्ने हुँदा यसै त्रैमासिक बित्तीय विवरण बाटै सुरुवात गरियोस भन्ने माग गर्दछौ ।

नेप्सेका प्रमुख पूँजी बजारको बिकासप्रति सकारात्मक धारणा राख्ने र आम सर्बसाधारण लगानीकर्ताको हितप्रति संबेदनशील भएको हामीले पाएका छौ । र हाम्रा यी मागहरुमा सकारात्मक प्रतिक्रिया सहित तत्काल ठोस कदम चालिने बिस्वास हामीले लिएका छौ । फोरमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।