कमाई बढ्दा पनि एसबिआईले किन गर्न सकेन प्रतिसेयर आम्दानीमा सन्तुलन ?

Nov 03, 2017 Merolagani

राष्ट्र बैंकको पूँजी योजनाको नकरात्मक असर बैंकहरुको कमाईको अनुपातमा देखिएको छ । सबै बैंकहरुले प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसकिरहेका बेला नेपाल एसबिआई बैंक (SBI) ले पनि त्यस्तै वित्तीय बिवरण निकालेको छ ।

नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ८६ लाख ६५ हजार रुपैंया खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३५ करोड ४१ लाख ७८ हजार रुपैंया खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा २३.८५ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ८८ करोड ३७ लाख ३६ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकले २८ प्रतिशत बोनस बितरण गरेको थियो । उक्त बोनस पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गरेर बैंकले अहिले चुक्ता पूँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैंया कायम गरेको छ । समीक्षा अवधिमा बोनस र हकप्रदबाट बैंकको चुक्ता पूँजी ७९.५१ प्रतिशतले बढेको हो ।

बैंकको पूँजी ७९.५१ प्रतिशतले बढेको अवस्थामा खुद नाफा २३.८५ प्रतिशतले मात्र बढ्दा प्रतिसेयर आम्दानीमा भारी गिरावट आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैंया ४७ पैसा थियो । अहिले बैंकको प्रतिसेयर आम्दानी २५ रुपैंया १७ पैसा कायम भएको छ । बैंकको यो अवस्थाले लगानीकर्तालाई उत्साहित बनाउन सक्ने अवस्था देखिन्न ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

व्याज खर्च अधिक बढेका कारण बैंकको कमाईमा अवरोध देखिएको हो । निक्षेप संकलन र कर्जाको आकार बढाए पनि बैंकको व्याज खर्च अधिक बढेको छ । जसका कारण उसको खुद व्याज आम्दानी जति बढ्नु पर्ने थियो, त्यति बढ्न सकेको छैन ।

कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा भएको बढोत्तरीका साथै राइट व्याकको आकार घट्दा बैंकको कमाई वृद्धिको गति झनै प्रभावित बनेको छ ।

निष्कृय कर्जा अनुपात स्थिर अवस्थामा रहेको बैंकको जगेडाा कोषमा ४ अर्ब ३५ करोड २ लाख ७३ हजार रुपैंया सञ्चित छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६२ रुपैंया ४० पैसा हुँदा मूल्य आम्दानी अनुपात ३२.९६ गुणा बढी छ । सिसिडि ७८.२६ प्रतिशत रहेको अवस्थामा बैंकले निक्षेप धेरै र कर्जा थोरै प्रवाह गर्नु पर्ने देखिन्छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।