सिद्धार्थ बैंकको किन भयो यस्तो हालत ?

Nov 03, 2017 Merolagani

सेयर बजारको सबैभन्दा धेरै हिस्सा ओगटेको वाणिज्य बैंक समुहका बैंकहरुले लगानीकर्तालाई हतोत्साहित बनाउने वित्तीय विवरण निकालेका छन् । एकाध बाहेकले कमाई बढाउन नसकेको अवस्थामा सिद्धार्थ बैंक पनि परेको छ । पूँजी बढ्दा कमाई खस्किएपछि बैंकको प्रतिसेयर आम्दानी पनि भारी मात्रामा घटेको छ ।

 बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ६४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ३९.८२ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब ३७ करोड ५१ लख १९ हजारबाट ६ अर्ब ४ करोड ४९ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी १०२.८१ प्रतिशतले बढेको छ ।

यसरी तिब्र रुपमा पूँजी बढ्दा कमाईमा आएको गिरावटले सिद्धार्थ बैंकको प्रगति ज्यादै सुस्त बनेको प्रष्ट हुन्छ । एक पटक प्रतिसेयर आम्दानी हेरौं । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ६३ पैसा थियो । अहिले बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६५ पैसामा झरेको छ । अब बैंकले कति प्रगति गर्यो अनि लगानी गर्दा कति ध्यान दिने तपाई आफैंले निर्णय गर्नुहोस् ।

सामान्य मात्रामा कर्जा तथा निक्षेपको आकार बढाएर बैंकले कुल व्याज आम्दानीको आकार केही मात्रामा बढाएको छ । तर व्याज आम्दानीको वृद्धिभन्दा धेरै व्याज खर्च बढेका कारण उसको खुद व्याज आम्दानी नै ६२ करोडबाट ५० करोडमा झरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

अन्य सञ्चालन मुनाफा लगायतका सुचकहरुमा केही वृद्धि भए पनि कर्मचारी खर्च, सञ्चालन खर्चको आकार पनि तिब्र गतिमा बढेका कारण बैंकको खुद नाफा बढ्न सक्ने अवस्थामा हुँदा हुँदै पनि घटेको हो ।

बैंकको जगेडा कोषमा ३ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । उसको प्रतिसेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ७३ पैसा छ । निष्कृय कर्जा अनुपात १.५९ प्रतिशतबाट २.०१ प्रतिशतमा उक्लिएको बैंकको सीडी रेशियो ७८.३६ प्रतिशत छ । यसले बैंकलाई कर्जा प्रवाह भन्दा बढी निक्षेप संकलनमा केन्द्रित हुनु पर्ने देखाउँछ । बैंकको मूल्य आम्दानी अनुपात ३२.६८ गुणाले बढी छ ।

माथि उल्लेखित पूँजीमा बैंकले निष्काशन गर्न लागेको १० प्रतिशत हकप्रदको कल इन एडभान्सको रकम पनि सायोजन भएको छ । बैंकको हकप्रदलाई धितोपत्र बोर्डले क्रेडिट रेटिगं गराउन निर्देशन दिए पछि प्रकृया लम्बिएको छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus