घट्दो बजारमा सेयर आपूर्ति बढ्दो,पाँच कम्पनीको तीन करोड ३७ लाख कित्ता सूचीकृत

Nov 07, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्चमा मंगलबार तीन करोड ३७ लाख चार हजार ५७३  कित्ता सेयर सूचीकृत भएको छ । पाँच कम्पनीको हकप्रद र बोनस गरि सो परिमाणको सेयर सूचीकरण भएको हो ।

यसरी सूचीकृत गर्ने कम्पनीहरुमा एभरेष्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, हाम्रो विकास बैंक, मिसन डेभलपमेन्ट बैंक र रिलायबल माईक्रोफाईनान्स रहेका छन् । सूचीकृत सेयर संख्या र सेयरकाे प्रकार तल तालिकामा प्रस्तुत गरिएको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

एभरेष्टले असार १८ देखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद, सेञ्चुरीले साउन १६ गतेदेखि असोज २ गतेसम्म ४० प्रतिशत हकप्रद र हाम्रो विकास बैंकले जेठ ७ गतेदेखि असार ११ गतेसम्म दुई सय प्रतिशत हकप्रद जारी गरेका थिए ।

त्यस्तै मिसन डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट वितरण गरेको आठ प्रतिशत बराबरको बोनस सूचीकरण गराउँदा रिलायबल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सूचीकृत गराएको हो ।

रिलायबलले असार २५ देखि साउन २९ गतेसम्म हकप्रद जारी गरेको थियो । 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।