नेपालगञ्जमा कालिकाको सेयर तालिम

Nov 12, 2017 Merolagani

नेपालगञ्जमा सेयर बजारसम्बन्धी एक दिने तालिम आयोजना भएको छ । स्टक ब्रोकर नम्बर ४६, कालिका सेक्युरिटिजले सेयर बजारको चेतना बढाउँदै लगानीकर्ताको सहभागिता अभिवृद्धि गर्ने उद्धेश्यले तालिम आयोजना गरेको थियो ।

सेयर दलालले राजधानी बाहिर पहिलो पटक यस्तो तालिम आयोजना गरेको ब्रोकरले दाबी गरेको छ । बिना कुनै शुल्क आयोजना गरिएको एक दिने तालिमले बजारका विभिन्न पक्षलाई उजार गर्न सफल भएको ब्रोकरको भनाई छ । एक सय बढी सहभागि तालिममा स्टक ब्रोकर एशोसिएसनका निवर्तमान अध्यक्ष एवं कालिका सेक्युरिटिजका प्रबन्ध सञ्चालक नरेन्द्र सिजापतीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा स्थानीय शिक्षक, उद्योगी, व्यवशायी, वकिल, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले लगानीकर्ता सचेतनामा कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना हुनु पर्ने बताएका थिए ।

नेपालगञ्जमा कालिका सेक्युरिटिजले रिमोट वर्क स्टेशनबाट लगानीकर्ताहरुलाई सेयर कारोबार सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।