दुई भन्दा बढी डिम्याट खाता संचालन गर्ने हितग्राहीको खाता रोक्का हुने

Nov 16, 2017 merolagani

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससि) ले दुई भन्दा बढी डिम्याट खाता संचालन गर्ने हितग्राहीको सम्पूर्ण खाताहरु रोक्का गर्ने चेतावनी दिएको छ । सिडिएससीले अबको एक महिनाभित्र दुई भन्दा बढी डिम्याट खाता संचालन गरिहेका हितग्राहीले खाता बन्द नगरे सबै खाता रोक्का गर्ने बताएको हो ।

नेपाल धितोपत्र बोर्डले गत असार ११ गते दुई भन्दा बढी खाता संचालन गरेका हितग्राहीको खाता बन्द गराउन सिडिएससिलाई निर्देशन दिएको थियो । सिडिएससिले कात्तिक २६ गते सूचना प्रकाशितगरी ३५ दिनभित्र दुई भन्दा बढी खाता प्रयोग गरिहेका हितग्राहीलाई खाता बन्द गर्न भनेको छ ।

तर लगानी व्यवस्थापनमा सहभागी भएका लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि दुई भन्दा बढी डिम्याट खाता खोल्न भने पाउनेछन् । अन्यको ग्राहकले बढीमा दुई डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।

दुई भन्दा बढी खाता संचालन गरिरहेका हितग्राहीहरुले आफ्नो सम्पूर्ण धितोपत्रहरु अब उप्रान्त कायम रहने कुनै दुई वटा खातामा हस्तान्तरण गरि अन्य खाता बन्द गराउनु पर्नेछ ।

हालसम्म पनि केहि लगानीकर्ताहरुको दुई भन्दा बढी हितग्राही खाता रहेको भेटिएको भन्दै सम्पूर्ण लगानीकर्ताहरुलाई तोकिएको भन्दा बढी खाता संचालन नर्गन सिडिएससिले आग्रह गरेको छ ।

साथै दुई भन्दा बढी हितग्राही खाता रहेका लगानीकर्ताले एक महिना भित्र सो खाता बन्द गरिसक्नु पर्नेछ । एक महिनाभित्र दुई भन्दा बढी खाता संचालन गर्ने हितग्राहीले खाता बन्द नगराए सम्पूर्ण खाताहरु रोक्का राख्ने चेतावनी समेत दिएको छ ।

 धितोपत्र बोर्डले आस्वा प्रणाली र बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई समेत दृष्टिगत गरी एक ग्राहकले दुई भन्दा बढी डिम्याट खाता खोल्न नपाउने व्यवस्था गरेको हो ।

यसबाट डिम्याट खाता संचालन कार्य थप व्यवस्थित तथा पारदर्शी भई लगानीकर्ताको वास्तविक संख्या समेत यकिन गर्न सहज हुने बोर्डको विश्वास रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।